मस्तिष्कमा चिप राखेर गरिने परीक्षण अब मानिसमै

एलोन मस्कको ब्रेन चिप कम्पनी न्यूरालिङ्कले आफूलाई अमेरिकाको फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशनले मानव शरीरमा परीक्षण गर्नका लागि स्वीकृति दिएको बताएको छ । यसअघि, उक्त स्वीकृति लिनका लागि निकै कठिन भएकाले यसलाई ठूलो उपलब्धि मानिएको छ ।

एफडीएले, “एक दिन प्रविधिमार्फत् धेरै मानिसलाई मद्दत गर्न बाटो दिने भएकाले यसले एउटा महत्त्वपूर्ण पहिलो पाइलाको प्रतिनिधित्व गर्ने”, बताएको न्यूरालिङ्कले जनाएको छ ।

उक्त कम्पनीले आफ्नो अध्ययनको उद्देश्य बारे विस्तृत जानकारी दिएको छैन ।

यद्यपि यसबारे थप विवरण छिट्टै उपलब्ध हुने उसको भनाइ छ ।