नेमारले खुलासा गरेका छन् कि कतारमा हुने २०२२ को विश्वकप उनको खेल जीवनको अन्तिम विश्वकप हुन सक्छ। २९ वर्षका ब्राजिलियन सुपरस्टारको खेल अझै पनि निकै राम्रो रहेको छ तर उनले भविष्यको शारीरिक भन्दा मानसिक पक्ष को बारे बोलेका छन्।
Neymar has admitted the 2022 Qatar World Cup could be his 𝗹𝗮𝘀𝘁.
Mind blowing. 🤯💔 pic.twitter.com/9m6dBGAaZI
— 90min (@90min_Football) October 10, 2021
“मलाई लाग्छ कतार २०२२ मेरो अन्तिम विश्वकप हुनेछ किनकि मलाई थाहा छैन त्यो पछि मसँग फुटबलको सामना गर्ने मानसिक शक्ति हुने छ कि छैन” नेमारले एक अन्तर्वार्तामा बताए।
“म त्यहाँ राम्रो आकारमा पुग्नको लागी, मेरो देश सँग जित्न को लागी, मेरो सानै देखी देखेको सपना पूरा गर्न को लागी सबै गर्नेछु र मलाई आशा छ कि म यो हासिल गर्न सक्छु।”
विश्वकपमा हुने फ्यानहरूको अपेक्षा र विश्वकप असफल भए हुने मानसिक दबाबको बारे उनले सो अन्तर्वार्तामा बताए भने २०१४को विश्वकपमा आफ्नो गम्भीर चोटबारे पनि उनले बोले।
Neymar believes 2022 World Cup will be his last EVER for Brazil because he may not ‘have the strength of mind to deal with football any more’ https://t.co/NamKxg90f3
— MailOnline Sport (@MailSport) October 10, 2021
“यो मेरो करियरको सबैभन्दा खराब क्षणहरू मध्ये एक थियो। यसले मेरो विश्वकप खेल्ने, सेमिफाइनल, फाइनल खेल्ने सपना भत्कायो … म मेरो खुट्टा चलाउन नसक्ने भएको थिएँ। – नेमारले आफ्नो चोट बारे बताए।
“उनीहरू मलाई अस्पताल लगे, उनीहरूले मेरो जाँच गरे र डाक्टरले मलाई भने: ‘मसँग दुई वटा खबर छ, एउटा राम्रो र एउटा नराम्रो। तपाईँ कुन सुन्न चाहनुहुन्छ?’ र मैले भनेँ, मलाई नराम्रो खबर दिनुस्।
“I don’t know if I have the strength of mind to deal with football any more.”
Neymar expects the 2022 World Cup will be his last 🏆
Watch Neymar & The Line Of Kings now exclusively on DAZN https://t.co/uhtjETVSyP pic.twitter.com/Dyl4rDEHce
— Goal (@goal) October 10, 2021
“डाक्टरले भने: ‘तपाईँ विश्वकप को बाँकी खेल खेल्न सक्नु हुन्न ‘। आँसुको साथ, मैले उनलाई भने, ‘राम्रो खबर के हो?’ जसमा उनले मलाई भने: ‘यदि यो चोट दुई सेन्टिमिटर छेउमा भएको भए, तपाईँ फेरि कहिले हिँड्न हुने थिएन’, उनले निष्कर्ष निकाले।