मर्सिसाइड डर्बीमा लिभरपुलको जित

इंग्लिस प्रेमिएर लिग अन्तर्गत लिभरपुलले जित निकालेको छ ।

सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० ले हराएको हो ।

खेलको ३६औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४९औं मिनेटमा गाक्पोले लिभरपुलबाट आफ्नो पहिलो गोल गरे र क्लबलाई २-० को जित दिलाए ।

यस जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंक जोडेको छ ।

लिभरपुल नवौं स्थानमा रहेको छ ।

एभर्टन १८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।