मैत्रीपूर्ण खेलमा थ्री स्टाराले मनाङ मस्र्याङ्दी क्लबलाई हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टारले मनाङलाई २–१ ले हरायो ।
थ्री स्टारका लागि विजय भुजेल र निशान खड्का र मनाङका लागि ओलावले अफिजले एक गोल फर्काए ।
यस सिजनको ए डिभिजन लिगको तयारीमा रहेका दुवै टिमले मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।
यस वर्षको लिग कात्तिक २९ गतेबाट सुरु हुदैछ ।
प्रि–सिजन अन्तर्गत सबै टिम आन्तरिक तयारीमा रहेका छन् । अधिकाशं सबै टिमले बन्द प्रशिक्षकसँगै मैत्रीपूर्ण खेलमा समेत सहभागी बनेका छन् ।
थ्री स्टार र मनाङले यस सिजन उपाधि जित्ने लक्ष्य सहित टिम बनाएका छन् ।