मछिन्द्र क्लब र मनाङ बीचको रोमान्चक खेल बराबरीमा रोकियो, सुजलले गरे पुर्व क्लबबिरुद्ध गोल

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष दुई टोलिले बराबरी खेलेको छ ।

दशरथ रंगशालामा जारी खेलेकाे दाेस्राे मिनेटमा नै मनाङले अग्रता बनाएको थियो ।

मनाङका लागि प्रतिबन्ध पछि खेलमा फर्किएका अञ्जन विष्टको पासमा फेमीले गोल गर्न सफल भए । उनले खेलको पहिलो मिनेटमा गोल गरेका हुन ।

पहिलो हाफमा एक गोलले पछि मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमा नै खेल बराबरी गर्न सफल भयो । उसका लागि सोमिडेको पासमा सुजल श्रेष्ठले गोल गरे ।

खेल एक एक गोलको अवस्थामा रहेका बेला ८१ औं मछिन्द्रले फेरी खेलमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी एडीजेलाले गोल गर्न सफल भए ।

खेलको ८८ औं मिनेटमा विमल रानाले मनाङका लागि गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएको हो ।

बराबरीसंगै मनाङ शीर्ष र मछिन्द्र दोस्रो स्थानमा यथावत रहेका छन् ।