रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भिनिसियस जुनियर हाल विश्व फुटबलको सबैभन्दा खतरनाक खेलाडी रहेको दाबी गरेका छन्। एफसी शेरिफसँग च्याम्पियन्स लिगको भिडन्त अघि, एन्सेलोटीले यस सिजनमा भिनी जुनियरको प्रभावको प्रशंसा गरेका छन् भने हाल उनी सबैभन्दा खतरनाक खेलाडी रहेको दाबी गरेका छन्।
Ancelotti: Vinicius Junior most dangerous player currently in world football https://t.co/D8W2TgBThM
— e360hubs.com (@e360hub2) November 24, 2021
“उनी खेल्ने तरिकालाई हेर्दा, मलाई लाग्छ कि उनी अहिले विश्व फुटबलमा सबैभन्दा खतरनाक खेलाडी हुन्। किनभने हाल धेरै खेलाडीहरू छैनन् जसले यस समयमा उनले जस्तै खेल्दै छन्।- रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले दाबी गरे।
“यो मेरो विचार हो। उनले अझै सुधार गर्नुपर्छ किनभने फुटबलमा वान-भी-वान परिस्थिति महत्त्वपूर्ण छ, तर सबैभन्दा महत्त्वपूर्ण होइन। उनीसँग सुधार गर्ने क्षमता छ र उनले आफ्नो प्रदर्शन अझै उत्कृष्ट गर्न सक्छन्।
🎙️ Ancelotti elogia a Vinicius y deja claro que Isco no le faltó el respeto.
🇧🇷 “Es el más desequilibrante. Tiene la humildad para mejorar”.
😠 “No tengo que hablar con Isco. Es un profesional serio y está enfadado porque no juega”.https://t.co/IfDMAbuO8e
📸Dumitru Doru#UCL pic.twitter.com/B0ftqPT0ef
— EFE Deportes (@EFEdeportes) November 23, 2021
“उनले सिक्नु पर्छ र मलाई लाग्छ कि उनले त्यो गर्ने छन्, किनकि उनी मेहनती छन् र उनी सँग नराम्रो एटीट्यूड छैन। उनी सँग एक युवा मानसिकता छ जसले विश्वास गर्दछ कि सुधार गर्नुपर्छ।”