स्पेनिस सुपर कपको उपाधी रियल म्याड्रीडले जित्यो । त्यस फाइनल खेलमा रियलका मिड्फिल्डर फेडे भाल्भर्डेले खेलको लगभग अन्तिम समयमा एट्लेटिकोका मोराटालाइ गोलकिपरसंग वान-अन-वान भएको अवस्थामा ट्याकल हान्दै रातो कार्ड खान पुग्यो र सम्भवत मोराटालाई भाल्भर्डेले ट्याकल नगरेको भए एट्लेटिकोले १-० को अग्रता बनाउदै उपाधी जित्ने थियो ।
उक्त खेलमा भाल्भर्डेको त्यस निर्णयको खुब चर्चा भयो र उनी म्यान अफ डि म्याच पनि चुनिए ।
Fede Valverde has got mighty balls for a 21 year-old. Glad Zidane took a chance on him over Ceballos etc…pic.twitter.com/19imV1ounY
— Deji Faremi (@deejayfaremi) January 12, 2020
पछिल्लो समय मिड्फिल्डरको खोजीमा रहेको रियल म्याड्रीडले भने अब फेडे भाल्भर्डेमा एउटा राम्रो मिड्फिल्डर पाएको छ ।
त्यसैगरी बार्सिलोनाका प्रशिक्षक जो लामो समय देखी नै चर्को आलोचनामा परिरहेको थियो, अन्ततः बार्सिलोनाले सुपर कपको सेमिफाइनलमा एट्लेटिकोबिरुद्ध हारे पछि सोमबार राती बर्खास्त गरियो ।
सेमिफाइनलमा बार्सिलोनाले २-१ को अग्रता गुमाउँदै ३-२ ले हार्न पुगेको थियो ।
बार्साले गत सिजन लिग उपाधि जिते पनि च्याम्पियन्स लिगमा भने सेमिफाइनलमा लिभरपुलबिरुद्ध हार्न पुग्यो । पहिलो लेगमा ३-० को अग्रता बनाए पनि दोस्रो लेगमा ४-० ले हार्दै फाइनलमा पुग्ने अवसर खेर फालेको थियो ।
Minutes per goal/assist in league & UCL
•Dembele under Tuchel- 104
Under Valverde- 126 (should be maturing)
•Coutinho under Klopp- 101
Under Valverde- 161
• Griezmann under Simeone- 117
Under Valverde- 159Poor integration & coaching of big money talents throughout his reign https://t.co/FwNkE6LymE
— Premier League Panel (@PremLeaguePanel) January 13, 2020
अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै उनको स्थानमा रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको छ ।