भाल्भर्डेले पोग्बा भित्र्याउन रियल म्याड्रिडलाई कुनै अबरुद्ध गर्ने छैन

म्यान्चेस्टर युनाइटेडका खेलाडी पौल पोग्बाका दाजु माथियास पोग्बाले भाई रियल जानसक्ने बताएका छन् ।

मिड्फिल्डर फेडेरिको भाल्भर्डेले पौल पोग्बा भित्र्याउन रियल म्याड्रिडलाई कुनै अबरुद्ध नगर्ने पौल पोग्बाका दाजुले बताए ।

२१ वर्षिय भाल्भर्डेको मिड्फिल्डमा उत्कृष्ट प्रदर्शनले रियलले पोग्बा भित्र्याउने कुरामा बाधा आउनसक्ने प्रस्न सोध्दा पोग्बाका दाजुले; “अह, उनले मद्दत गर्नसक्छ, तर पोग्बासंग प्रतिस्पर्धा गर्न सक्दैन। मलाई लाग्दैन कुनै बाधा आउँछ ।

“उनीहरु दुबै संगै पक्कै पनि खेल्न सक्छ ।”

भाल्भर्डेको एट्लेटिको म्याड्रीडबिरुद्ध उत्कृष्ट प्रदर्शनले स्पेनिस दर्शकहरुको मन जितेको छ र त्यसै कारण रियलले अब पोग्बालाई नभित्र्याउने खबरहरु आइरहेको थियो ।