माले, नेपालले साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनल खेलमा पराजित भएको छ । भारतसंग फाइनलमा नेपाल ३-० गोलले पराजय भोगेको हो ।
माले स्थित राष्ट्रिय रंगशालामा पहिलो हाफ बराबरी खेलेको नेपाल दोश्रो हाफमा तिन गोल खान पुगेको थियो ।
भारतले दोश्रो हाफको सुरुआतमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।
खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए।
यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।
नेपालको साफ जित्न सपना समाप्त भएको छ ।
तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ ।
नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।