भारतबिरुद्ध पराजित हुँदै नेपाल साफबाट बाहिर

साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आयोजक भारतसँग हार बेहोरेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा भारतले नेपालविरुद्ध २-० को जित दर्ता गरेको हो ।

खेलको ६२औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए  ।

त्यस्तै, खेलको ७०औं मिनेटमा महेश सिंह नोरिमले गोल गर्दै भारतलाई २-० को जित दिलाएका हुन् ।

यस हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानबिरुद्ध मंगलबार खेल्नेछ ।