ब्राजिलियन सुपरस्टार नेमार सँग म्यान सिटीको सम्पर्क

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला पिएसजीका ब्राजिलियन सुपरस्टार नेमार सँग सम्पर्कमा रहेको जानकारी छ।

फ्रेन्च क्लब पिएसजीमा नेमारको भविष्य अनिश्चित रहेको छ र उनले क्लब छोड्ने ठुलो सम्भावना रहेको बेला प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले नेमारलाई फोन गरेको गोल डट कमले रिपोर्ट गरेको छ र नेमारको योजना के हुने वारे गार्डियोलाले प्रस्न गरेको पनि रिपोर्टले जनाएको छ।

यो सिजन नेमारले धेरै चोट सँग सङ्घर्ष गरे भने पिएसजी फ्यानहरू सँग पनि उनको सम्बन्ध खराब हुन पुगेको थियो जसको कारण उनले क्लब छोड्न सक्ने धेरै सम्भावना रहेको छ। पिएसजी सँग उनको सम्झौता २०२७ सम्म रहे पनि फ्रेन्च क्लब उनलाई बेच्न तयार हुने सक्ने जानकारी छ ।

नेमारले पिएसजी छोड्न सक्ने भनेर धेरै चर्चा हुँदै गर्दा प्रिमियर लिग क्लब चेल्सी, न्यूकासल र म्यानचेस्टर युनाइटेड जस्तो क्लब सँग उनको नाम जोडिएको छ तर गोल डट कम अनुसार प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले नेमार सँग पहिलो सम्पर्क बनाएका छन्।

 

नेमार र पेप बीचको वार्ता बाबजुद- उनको लगातार चोटहरूको कारण नेमार प्रिमियर लिगको लागि फिट हुने वा नहुने प्रश्नले गर्दा म्यान सिटीले उनलाई साइन नगर्न सक्ने ठुलो सम्भावना रहेको पनि गोल डट कमले जनाएको छ तर नेमारले पिएसजी छोड्न सक्ने ठुलो सम्भावना भने रहेको जानकारी छ।

हाल ब्राजिलियन स्टार लिगामेन्ट शल्यक्रियाबाट निको हुन क्रममा छन् भने अर्को सिजन उनी पिएसजीको योजनामा पर्ने वा नपर्ने नयाँ कोचको हातमा रहेको बेला धेरै क्लबको नजर उनी माथि रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ