ब्राजिलियन लेजेन्द रोनाल्डो नाजारियोले म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोलाई आफ्नो सबै समयको महान् खेलाडीको सुचीमा समावेश नगरे पछि सो वारे हाल धेरै चर्चा हुँदै गरेको छ।
Brazil icon Ronaldo names EIGHT players on his football GOAT list, Cristiano Ronaldo misses out. pic.twitter.com/myntQO2Ci0
— SPORTbible (@sportbible) October 23, 2022
टोटेनह्याम बिरुद्धको खेलमा खेल अन्त्य हुनु अगाडी मैदान छोडेका रोनाल्डो हाल धेरै विवादमा परेका छन् भने सो विवादको बिचमा ब्राजिलियन लेजेन्द रोनाल्डो नाजारियो एक अन्तर्वार्तामा फुटबलको “विशेष समूह”को सुचीमा नराखे पछि रोनाल्डो वारे थप चर्चा हुँदै गरेको छ।
“मलाई लाग्छ कि त्यहाँ धेरै, धेरै विशेष समूह छन् तपाईँसँग डिएगो, मेस्सी, क्रुफ, बेकेनबाउर, पेले, भान बास्टेन, रोनाल्डिन्हो छन्।”- फुटबलको “विशेष समूह” वारे द गार्डियन सँग कुरा गर्दै रोनाल्डोले भने ।
“म आफैलाई समावेश गर्नेछु। यो वारे फ्यानहरूलाई भन्न दिनु, बहस गर्न दिनु। तर तपाईँले तिनीहरूलाई रैंकिंग गर्न सक्नुहुन्न, पुस्ताहरूको तुलना गर्न सक्नुहुन्न।”
रोनाल्डो नाजारियो फुटबल खेलको सबैभन्दा महान् खेलाडी मध्ये एक रहेका छन्। आफ्नो चम्किलो करियरमा उनले दुई बालोन डी’ओर ट्रफी र दुई विश्वकप जितेका थिए।