विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ ।
शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेमाथि ४-१ गोल अन्तरको सानदार जित निकालेको हो ।
ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै नेयमार र ग्राबियल बार्बोसाले एक एक गोल गरे ।
उरुग्वेका लुइस सुआरेजले एक गोल फर्काए ।
खेलको दशौं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो ब्राजिलका लागि ७० औं गोल हो ।
खेलको १८ औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।
५८ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा सुआरेजले गोल गर्दै उरुग्वेलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा बार्बोसाले गोल गर्दै ब्राजिललाई ४-१ को जित दिलाए ।
यस जितसँगै ब्राजिलले ११ खेलमा ३१ अंक जोडेको छ ।
अपराजित रहेको ब्राजिल शीर्ष स्थानमा यथावत रहेको छ ।
उरुग्वे १६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।