बेल्जियमका मुख्य प्रशिक्षक मार्टिनेजद्वारा पदत्याग

एजेन्सी । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजिनामा दिएका छन् । जारी विश्व कपमा समूह चरणबाटै बाहिरिए पछि मार्टिनेजले राजिनामा दिएको हो ।

२०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका मार्टिनेज २०१८ विश्व कप समेत सम्हालेका थिए ।

त्यसपछि, उनको सम्झौता समाप्त भएको थियो । उनले थप सम्झौता गरे पछि बेल्जियम टिम निरन्तर सम्हाल्दै आएको छ ।

२०१८ विश्व कपमा मार्टिनेजको नेतृत्वमा बेल्जियमले तेस्रो स्थान हासिल गरेको थियो । त्यस्तै, फिफा वरियतामा समेत दोस्रो स्थानमा रहेको थियो ।

तर, जारी विश्व कपमा खराब नतिजा निकाल्दै मोरक्कोसंग पराजित हुँदै बाहिरिन बाध्य भएको हो । उसले जारी विश्व कपमा मात्र एक गोल गरेको छ ।

पहिलो खेलमा क्यानडासंग एक गोलको साघुरो जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा क्रोएसियासंग गोलरहित बराबरी खेल्दा अन्तिम खेल जित्नु पर्ने दबाब थियो ।

मार्टिनेज यसअघि स्वान्सी सिटि, विगान एट्लेटिक्स र एभर्टनको मुख्य प्रशिक्षक रहिसकेको छ ।