बेन्जेमा पछि यी १० स्टार खेलाडीहरूको पनि गन्तव्य हुन सक्छ साउदी अरेबिया

फ्रेन्च फुटबल स्टार करिम बेन्जिमाले रियल म्याड्रीड छाड्दै खाडी मुलुक साउदी अरेबियाको क्लबमा खेल्ने निर्णय लिए पछि सो वारे धेरै चर्चा हुँदै गर्दा थप १० सुपरस्टार स्टार खेलाडीहरूलाई साउदी अरेबियाको क्लबहरूले साइन गर्ने योजना बनाएको जानकारी छ जसमा मेस्सी पनि रहेका छन्।

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई अल नासरले साइन गरे पछि साउदी प्रो लिग धेरै प्रख्यात भएको छ भने रोनाल्डोका पूर्व टिम-मेट बेन्जेमालाई पनि साउदी क्लब अल इटिहाडले साइन गरे पछि साउदी प्रो लिगको थप चर्चा हुने निश्चित रहेको बेला थप स्टार खेलाडीहरूलाई साउदी क्लबले साइन गर्न सक्ने जानकारी छ।

फुटबल सुपरस्टार मेस्सी र लेजेण्ड डिफेन्डर रामोसले हालै पिएसजी छोडेका छन् भने उक्त दुई खेलाडी माथि पनि साउदी अरेबियाको क्लबहरूको नजर रहेको जानकारी छ।

मेस्सी र रामोस सहित रोबर्ट लेवान्डोस्की, रोबर्टो फर्मिनो, एन्जेल डि मारिया, लुका मोड्रिच, एन’गोलो कान्टे जोर्डी अल्बा, सर्जियो बुस्केट्स र ह्यूगो लोरिसमा पनि साउदी अरेबियन क्लबहरूको नजर रहेको जानकारी छ।

उक्त सुचीमा भएका खेलाडीहरू मध्ये लिओनेल मेस्सी सबैभन्दा ‘हाइ प्रोफाइल’ खेलाडी रहेका छन् र उनलाई साइन गर्न साउदी क्लब अल हिलाल निकै इच्छुक रहेको र अल हिलालले उनलाई आफ्नो प्राथमिकता बनाएको जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ