बेन्जेमालाई ‘अल्छी’ भने पछि साउदी क्लबले गर्‍यो पोर्चुगिज कोचलाई बर्खास्त

साउदी प्रो लिग क्लब अल-इतिहादले आफ्नो पोर्चुगिज कोच नुनो एस्पिरिटो सान्तोलाई बर्खास्त गरेको छ। एएफसी च्याम्पियन्स लिगमा अल-इतिहादको हार पछि क्लबले उनलाई बर्खास्त गरेको हो तर क्लबमा उनको र स्टार स्ट्राइकर बेन्जेमा बिचको तनावको कारण पनि इतिहादले उक्त निर्णय लिएको खुलेको छ।

क्लबले बेन्जेमालाई साइन गरे देखि नै नुनोले अल-इतिहाद बोर्डलाई करिम बेन्जेमा आफ्नो रणनीतिक शैलीमा फिट नहुने जानकारी दिएका थिए भने दुई बिच तनाव बढिरहेको थियो।

साउदी अरेबियाको आउटलेट अल रियादियाको रिपोर्ट अनुसार सोमबार एएफसी च्याम्पियन्स लिगको हार पछि पनि दुई बिच भना भन भएको थियो। उक्त रिपोर्ट अनुसार पोर्चुगिज कोचले बेन्जेमालाई अल्छी भनेका थिए जुन कुराबाट बेन्जेमा खुसी थिएनन्।

साउदी अरेबियाको आउटलेट अल रियादियाहका अनुसार नुनोले बेन्जेमालाई भने, “तिमी एक उत्कृष्ट खेलाडी हो, तर तिमी आफ्नो प्रतिद्वन्द्वीलाई दबाब दिन धेरै अल्छी गरेको जस्तो देखिन्छ।”

बेन्जेमाले सो कुराको जवाफमा: “मसँग मात्र हैन, सम्पूर्ण टिम सँग कुरा गर्नुहोस्।” भनेको उक्त रिपोर्टले जनाएको छ।

पोर्चुगिज प्रशिक्षकले त्यसपछि भने : “तिमी टोलीको लिडर हो, खेलाडीहरूका लागि उदाहरण र सबैभन्दा महत्त्वपूर्ण खेलाडी।

“तिमीले पहल गर्नुपर्छ र सबै खेलाडीहरूको लागि उदाहरण बन्नुपर्दछ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ