बेन्जिमा साउदी क्लबमा अनुबन्धित

फ्रेन्च स्टार करिम बेन्जिमाले रियल म्याड्रीड छाड्दै खाडी मुलुक साउदी अरेबियाको अल इटिहाड क्लबसंग अनुबन्ध गरेको चर्चित पत्रकार फ्याब्रीजियो रोमानोले जनाएको छ ।

रियलका लागि आइतबार अन्तिम खेल खेल्दै गोल गरेका उनले आफ्नो नयाँ गन्तव्य तय गरेको हो ।

उनले २०२५ जुन सम्मको लागि सम्झौता गरेको बुझिएको छ ।

बेन्जिमाले मंगलबार पत्रकार सम्मेलन गर्दै रियल म्याड्रीडका समर्थहरुलाई बिदाइ दिने कार्यक्रम रहेको छ ।

बेन्जिमाले रियलका लागि ३५४ गोल गरेका छन् ।