एजेन्सी । फ्रान्स एवं रियल म्याड्रिडका कप्तान करिम बेन्जिमाले सोमबार बालोन डि’ओर जित्दै नयाँ कीर्तिमान रचेका छन् । उनले ६६ वर्ष पुरानो रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान रच्न सफल भएका हुन् ।
उनले इंग्लिस खेलाडी सर स्टान्ले माथ्युले १९५६ मा बनाएको रेकर्ड तोडेका हुन् ।
माथ्युले बालोन डि’ओर जित्ने सबैभन्दा जेठो खेलाडी बनेका थिए । उनले ४१ वर्षको उमेरमा उक्त अवार्ड जितेका थिए ।
त्यस्तै, बेन्जिमाले ३४ वर्षको उमेरमा बालोन डि’ओर जितेका थिए । गत सिजन ४६ खेलमा ४४ गोल र १५ अस्सिट बेन्जिमाले गरेका थिए ।
यस्तै, उनकै नेतृत्वमा रियलले ला लिगा र च्याम्पियन्स लिग उपाधि समेत हात पारेका थिए ।
साथै, फ्रान्सले नेसन्स कप उपाधी जित्दा उनी टिमका सदस्य थिए ।
बेन्जिमा जिदान पछि बालोन डि’ओर जित्ने दोस्रो फ्रान्सका खेलाडी बनेका छन् । जिदानले १९९८ मा बालोन डि’ओर उपाधी जितेका थिए ।