ढोहा । फ्रान्सका स्ट्राइकर करिम बेन्जिमा घाइते भए पछि विश्व कपबाट बाहिरिएका छन् । उनको तिघ्रामा चोट लागे पछि विश्व कप गुमाउने भएको हो ।
३४ वर्षे बेन्जिमा शनिबार प्रशिक्षण दौरान उनलाई फिर्ता बोलाइएको थियो । उनी यसअघि, मंगलबार अष्ट्रेलियाविरुद्धको खेललाई उपलब्ध नहुने जनाएको थियो ।
कतार विश्व कप नखेल्ने भए पछि बेन्जिमाले लगातर तीन विश्व कप गुमाएका छन् ।
फ्रान्सको पहिलो रोजाईको स्ट्राइकर एसि मिलानका ओलिभिएर जिरुड पर्ने पक्का छ । जिरुड फ्रान्सको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनी शिर्ष गोलकर्ता अन्री भन्दा तीन गोल तल रहेको छ ।
त्यस्तै, म्यान्चेस्टर युनाईटेडका फरवार्ड एन्टोनी मार्सियालले बेन्जिमाको स्थानमा आउने भएको छ ।