एजेन्सी । म्यान्चेस्टर सिटिका लेफ्ट ब्याक रिको लिविसले सेभियाविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा कीर्तिमान रचेका छन् । उनले बुधबार सेभियाविरुद्ध गोल गर्दै प्रतियोगितामा गोल गर्ने कान्छो खेलाडी बनेका छन् ।
उनले दोस्रो हाफको ५२ औं मिनेटमा जुलियन आल्भारेजको पासमा गोल गर्दै कीर्तिमान रचेका हुन् ।
यसअघि, उक्त रेकर्ड करिम बेन्जिमाको नाममा रहेको थियो । उनले २००५ मा लियोनबाट गोल गर्दै कान्छो खेलाडी बनेका थिए ।
त्यस्तै, लिविस सिटिका लागि च्याम्पियन्स लिगमा गोल गर्ने कान्छो खेलाडी समेत बनेका छन् । उनले प्रतियोगितामा गोल गर्दा लिविसको उमेर १७ वर्ष ३४६ दिनका थिए ।
सेभियामाथि जित निकाल्दै सिटि शिर्ष स्थानमा रहदै अर्को चरणमा प्रवेश गरिसकेको छ । सिटि समुह चरणमा अपराजित रहदै १४ अंक बटुलेको छ ।
यस्तै, सिटिको जितमा अल्भारेज र माहरेजले थप एक एक गोल गरेका थिए । सेभिया यो हार पछि तेस्रो स्थानमा रहदै युरोपा लिगको लागि छनोट भएको छ ।