बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लन सफल

ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको सातौं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७३औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै स्पानियोललाई १-१ को बराबरीमा ल्याए ।

खेलमा दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

७८औं मिनेटमा जोर्डी अल्बाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यस्तै ८०औं मिनेटमा भिनिसीएस सौजाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि स्पानियोल पनि१० खेलाडीमा समेटिएको थियो ।

बराबरीमा रोकिएपनि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १५ खेलमा ३८ अंक जोडेको छ भने स्पानियोल १३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।