“हाल बार्सिलोना रियल मड्रिडको प्रत्यक्ष प्रतिद्वन्द्वी होइन”

रियल म्याड्रिडका कोच कार्लो एन्सेलोटीले बार्सिलोना यस सिजन रियल म्याड्रिडको प्रत्यक्ष प्रतिद्वन्द्वीको रूपमा नरहेको दाबी गरेका छन्। हाल बार्साको फम राम्रो हुन सकेको छैन भने युरोपा लिगमा झरेको बार्सा लिगको सातौँ स्थानमा रहेको छ भने रियल र बार्सा बिच ठुलो अङ्कको अन्तर रहेको छ।

बार्सा र रियल धेरै समय देखि चिर प्रतिद्वन्द्वीको रुपमा रहेको छ भने दुई बिचको एल क्लासिको खेल धेरै प्रसिद्ध रहेको छ तर हाल बार्सा रियलको स्तरमा नरहेको रियलका कोच कार्लो एन्सेलोटी सङ्केत गरेका छन् भने बार्सिलोनालाई रियल म्याड्रिडको प्रत्यक्ष प्रतिद्वन्द्वी भन्न नमिल्ने उनले दाबी गरेका छन्।

“बार्सा हाल हाम्रो प्रत्यक्ष प्रतिद्वन्द्वी होइन, किनकि बार्सा अहिले सेभिल्ला वा बेटिस जस्ता अन्य टोलीहरूको नजिक छ,” उनले भने।

“तर तिनीहरूसँग लिगमा माथि जानको लागि गुणस्तर छ र यदि म बार्सिलोनाको कोच भएको भए, म पनि जाभीले जस्तै भन्ने थिए।” – बार्साले अझै पनि लिगको लागि प्रतिस्पर्धा गर्न सक्ने जाभीको दाबीबारे बोल्दै एन्सेलोटीले भने।

रियल म्याड्रिडको हाल निकै राम्रो फम रहेको छ भने १७ खेलमा १३ जित निकाल्दै ४२ अङ्कको साथ रियल शीर्ष स्थानमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ