बार्सिलोना फर्किए आल्भेस

स्पेनिस क्लब बार्सिलोनाले ब्राजिली डिफेन्डर तथा पुर्व खेलाडी डानी आल्भेसलाई क्लबमा ल्याएका छन् ।

३८ वर्षका आल्भेस पाँच वर्ष अघि नाउ क्याम्प छाडेर युभेन्ट्स गएका थिए ।

आल्भेसले बार्सिलोना, पीएसजी र युभेन्ट्सबाट मुख्य ९ ठुला उपाधि जितेका छन् ।

आल्भेसले सन् २००८ देखि २०१६ सम्म बार्सिलोनामा बिताएका थिए । उनले सो दौरान ६ पटक लिग उपाधि जितेका थिए ।

उनले तीन च्याम्पियन्स लिग उपाधि र चार कोपा डेल रे जितेका छन् ।

बार्सिलोनाले आल्भेसको बारेमा उल्लेख गर्दै उनी क्लब इतिहासको सर्वकालिन महान राइट डिफेन्डर भएको उल्लेख गरेको छ ।

बार्सिलोनामा रहदा आल्भेसले २४ उपाधि जितेका थिए । जसमा तीन फिफा क्लब विश्वकप, तीन स्पेनिस सुपर कप र चार युरोपियन सुपर कप रहेका छन् ।

उनले सन् २०१६ देखि १७ मा सिरि एको उपाधि समेत जिते । यस्तै लिग वानमा सन् २०१७ देखि १८ र २०१८ देखि १९ को बीचमा लिग उपाधि जिते ।

उनले सन् २०१९ मा ब्राजिली क्लब साउ पाउलोसँग सम्झौता गर्दै आफ्नो देश फर्किका थिए । गत अगष्टमा देशको कप्तानी गर्दै उनले ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदकनै जिताए ।

तलब नपाएको विषयमा विवाद आएपछि सेप्टेम्बरमा उनको क्लबसँग सम्झौता समाप्त भैसकेको छ ।