बार्सिलोनाले जनवरीमा नयाँ खेलाडि नभित्राउने

बार्सिलोनाले यो जाडोको ट्रन्स्फरमा नयाँ खेलाडी नभित्राउने योजना बनाएको छ।

क्लबले कुनै खेलाडीलाई अनुबन्धित नगरने र भल्भर्दे यस टिमबाट खुशी रहेको बताए। उन्ले यसै टिमले सबै प्रतियोगितामा खेल्न सक्ने पनि जनाए।

तर बार्साका खेलाडीहरुले क्लब छोड्न सक्ने सङ्केत भने दिएका छन। भिडाल र टोदिबो छोड्न सक्ने प्रमुख खेलाडिमा हेरिएको छ। तर, भल्भर्डे धेरै खेलाडिलाई गुमाउन चाहँदैन।

उन्ले कार्लस एलेनालाई पनि क्लब छोड्नमा रोक लगाउन चाहेका थिए यधपी उन्को सम्झौतामा आफु खुशी नरहे क्लबले छोड्न अनुमती दिने उल्लेख थियो।

भल्भर्डेले सबै खेलाडिलाई समेट्दै आगामी खेल खेलाउने योजनामा देखिन्छ। त्यही कारण भल्भेर्दे कुनै खेलाडि नकिन्ने मनसायमा पुगेको हो।

यधपी, अन्य क्लबहरुबाट कुनै प्रस्ताव आए खेलाडीहरु छोड्न सक्नेछ।