‘बार्सिलोनाले इभान राकिटिचलाई निकाले पनि राकिटिचको मनमा बार्सिलोना’

कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले बार्सिलोनालाई २–० ले पराजित गरेको थियो सो खेलको दोस्रो गोल पूर्व बार्सा खेलाडी राकिटिचले गरे तर उनले गोल गरे पछि सेलिब्रेट गरेनन्।

खेल अघि एक अन्तर्वार्तामा उनले बार्सा विरुद्ध कहिले सेलिब्रेट नगर्ने भनेका थिए भने गोल गरे पछि उनले देखाए कि बार्सा अझै उनको मनमा छ।

बार्सामा उनले खेल समय पाएनन् उनी बार्सामा बस्न इच्छुक थिए तर अन्तमा उनले क्लब छोडे।

उनले ए एसलाई भने: “बार्सा विरुद्ध म सेलिब्रेट गर्दिन। मैले त्यहाँ धेरै राम्रा समयहरू बिताएको छु। मेरी छोरी बार्सिलोनामा जन्मेकी थिई, त्यो सहरमा मेरो धेरै साथीहरू छन् र फ्यानहरूले मलाई सधैँ माया देखाए। तिनीहरूले मलाई धेरै दिएका छन्। मेरो व्यवहारको लागि मैले पुरस्कार पनि पाएको छु।

“यो हाम्रो लागि सिजनको सर्वश्रेष्ठ समय हो।

“पछिल्ला केही खेलहरू र हप्ताहरूमा हामी राम्रो गर्दै छौँ। मेरो लागि बार्सा सँगको खेल विशेष खेल हो।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ