बार्सिलोनाका नयाँ प्रशिक्षक जाभीको योजना क्लबको मेडिकल डिपार्टमेन्टलाई सुधार गर्ने रहेको खबर छ। खबर अनुसार जाभीले क्लबको चोट समस्यामा आफ्नो असन्तुष्टि देखाएका छन् र क्लबमा मेडिकल विभागको भूमिकामा परिवर्तन गर्ने उनको योजना रहेको जानकारी छ।
Xavi is fixing the operational, scouting, medical, training, food and nutrition programs at Barca, well beyond responsibility of a coach but he realizes if those things aren’t fixed, the team on the pitch will never perform as expected. This man came very well prepared. pic.twitter.com/YeVsfEUtAF
— Barça Football Talk (@BarcaFootba11) November 11, 2021
हाल बार्सामा धेरै चोटको समस्या रहेको छ भने धेरै महत्त्वपूर्ण खेलाडीहरू चोटको कारण मैदान बाहिर हुँदा बार्सालाई निकै गाह्रो भएको छ भने जाभी हालको मेडिकल टिमबाट सन्तुष्ट नरहेको सन्तुष्ट छ र उक्त विभागका प्रमुख रामन क्यानलले आफ्नो पद छाडेको खबर छ ।
उक्त कुरा बारे बार्सिलोनाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । क्यानल क्लबमा चिकित्सा सेवाहरू, विश्लेषकहरू र फिटनेस कोचहरूको इन-चार्ज थिए,। उनको काम धेरै प्रश्नमा थियो, विशेष गरी मांसपेशी चोटहरूको शृङ्खला र टोलीको शारीरिक गिरावटको को कारण सेल्टा भिगो विरुद्धको खेलको दोस्रो हाफमा खेलाडीहरूको फिटनेसको बारे धेरै प्रश्न भएको थियो।
Overhaul of the medical team: Xavi brings back Dr. Pruna [sport]
— barcacentre (@barcacentre) November 8, 2021
क्यानलको प्रस्थान पछि जाभीले रामोन प्रुनालाईलाई नियुक्ति गर्न सक्ने खबर छ। जाभी प्रुनाको ठुलो फ्यान हुन्, जाभीले उनी सँग संयुक्त अरब इमिरेट्समा काम गरेका थिए।