बार्सिलोनाको मिडफिल्डर साइन गर्ने प्रयासमा लिभरपुल

ला लिगा क्लब बार्सिलोनाको मिडफिल्डर फ्रान्क केसीलाई साइन गर्न प्रिमियर लिग क्लब लिभरपुल इच्छुक रहेको छ।

२०२२मा फ्री एजेन्टको रूपमा एसी मिलानबाट बार्सा आएका फ्रान्क केसीले क्लब सोचे अनुरूप प्रदर्शन गर्न सकेनन् भने जाभीको नेतृत्वमा फ्रान्क केसीले धेरै खेल समय पनि पाएका छैनन् जसको कारण उनी क्लब छोड्न इच्छुक रहेको बेला उनलाई साइन गर्न लिभरपुल इच्छुक रहेको छ।

२६ वर्षीय मिडफिल्डरलाई बेच्न बार्सा तयार हुने जानकारी रहेको बेला उनको लागि लिभरपुलले €३५-४० मिलियन सम्मको प्रस्ताव पठाउने तयारी गरेको खबर छ।

लिभरपुलले हालै मात्र ब्राइटनबाट मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरलाई साइन गरेको थियो भने फ्रान्क केसीलाई साइन गर्दै आफ्नो मिडफिल्ड थप बलियो बनाउने योर्गन क्लोपको योजना रहेको छ।

केसीलाई एक गतिशील, बक्स टू बक्स मिडफिल्डरको रूपमा क्लोपले हेरेको रिपोर्ट छ र उनी क्लोपको खेल शैलीको लागि निकै उपयोगी हुन सक्ने छन् तर लिभरपुल सहित इन्टर मिलान केही साउदी अरेबियन क्लबहरू पनि उनलाई साइन गर्न इच्छुक रहेको छ।

२०२२मा ए सी मिलानबाट बार्सा आए देखि आइभरी कोस्टका मिडफिल्डरले हाल सम्म ला लिगा क्लबको लागि ४३ खेल खेल्दै ३ गोल र ३ असिस्ट गरेका छन्।

 

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ