स्पेनिस लिग ला लिगा अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले सान्दार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा ओसमान डेम्बेले, सेर्गी रोबेर्टो, रोबेर्ट लेवानडोस्की र फेरान टोरेजले एक एक गोल गरेका थिए ।
यस सिजनमा बार्सिलोनाको यो नवौं जित हो । अहिलेसम्म ११ खेल खेलेको बार्सिलोनाको २८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ३ अंकले पछाडी रहेको छ ।
त्यस्तै एथलेटिक क्लबको ११ खेलमा १८ अंक छ र लिगमा छैटौं स्थानमा छ ।