एजेन्सी, ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजय भएको छ । भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गर्दै लयमा फर्केका छन् ।
सुरुआति अग्रता भ्यालेन्सियाले लिएको थियो । त्यसलाई उल्ट्याउदै बार्सिलोनाले जित हात पार्यो ।
भ्यालेन्सियाका लागि गायाले खेलको ४ औं मिनेटमा अग्रता सुरुआति अग्रता दिलाए ।
बार्सिलोनाले १२ औं मिनेटमा गोल फर्काउदै खेलमा फर्के । डिपाएको पासमा अन्सु फातीले गोल गरे ।
त्यस्तै, दोश्रो गोल खेलको ४० औं मिनेटमा डिपाएले गरे । उसले प्राप्त पेनाल्टीमा गोल गर्न सफल भयो ।
अन्सु फातिको स्थानमा मैदान प्रवेश गरेका कुटिन्होले खेलको ८४ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारे । उनले डेस्टको पासमा गोल गरेका हुन ।
यस जितसंगै बार्सिलोना तालिकाको सातौं स्थानमा छ । उसले ८ खेलबाट १५ अंक जोडेको छ । भ्यालेन्सियाको ९ खेल खेल्दै १२ अंक जोडेर नौं स्थानमा छ ।