एजेन्सी । बार्सिलोनाले कप्तानी सुचिमा जर्मन गोलकिपर मार्क टेर स्टेगेन चौथो वरियतामा नियुक्त गरेका छन् । जेराड पिकेले क्लब छाडे पछि टेर स्टेगेनलाई चौथो कप्तानमा नियुक्त गरिएको क्लबले जनाएको छ ।
जाबिले प्रेस कन्फ्रेनसमा चौथो कप्तान टेर स्टेगेन रहेको बताए ।
इस्पान्योलविरुद्धको खेल अगाडिको प्रेस कन्फेरेनसमा जाबिले सो निर्णय बताएका हुन् ।
बार्सिलोनाको कप्तानी जिम्मेवारी सर्जियो बुस्केटले गर्दै आएका छन् ।
त्यस्तै, बुस्केटको अनुपस्थितीमा सेर्जी रोबर्टो र जोर्डी अल्बाले गर्ने गरेको छ ।