बार्सिलोनाका सात खेलाडीहरूले क्लब छोड्न सक्ने 

जनवरीको ट्रान्सफर विन्डो सुरु हुन लागे सँगै ला लिगा क्लब बार्सिलोनाका ७ खेलाडीहरूले क्लब छोड्न सक्ने जानकारी छ जसमा धेरै जस्तो खेलाडीहरूको सम्झौता अन्त्य हुँदै फ्री एजेन्ट हुने क्रममा छन्।

२०२२को जुनको ट्रान्सफर विन्डोमा बार्साले धेरै खेलाडीहरू साइन गरेको थियो भने अब २०२३को जनवरीमा बार्साले आफ्नो केही खेलाडी गुमाउने भएको छ।

बार्सा युनिभर्सलका अनुसार, बार्साले सात खेलाडीको सूची तयार गरेको छ जसले आउँदो ट्रान्सफर विन्डोमा क्लब छोड्ने छन्- उक्त सुचीमा डिपे,मार्कोस अलोन्सो, सर्गी रोबर्टो, हेक्टर बेलेरिन, सर्जियो बुस्केट्स, अर्नाउ टेनास र इनाकी पेना रहेको जानकारी छ।

डच स्ट्राइकर डिपेलाई यो ट्रान्सफर विन्डोमा बेच्ने बार्साको योजना भए पनि उनले आफ्नो सम्झौता अन्त्य भए पछि मात्र क्लब छोड्ने निर्णय लिन सक्ने जानकारी छ।

 

मार्कोस अलोन्सो, सर्गी रोबर्टो, हेक्टर बेलेरिन, सर्जियो बुस्केट्स जस्ता खेलाडीहरूको भने क्लब सँग सम्झौता अन्त्य हुने क्रममा रहेको छ र हाल सम्म बार्साले उक्त खेलाडीहरू सँग सम्झौता विस्तार नगरेको कारण २०२३मा सो खेलाडीहरू फ्री एजेन्टको रूपमा क्लब छोड्न सक्ने छन्।

दुई युवा गोलकिपर अर्नाउ टेनास र इनाकी पेना बार्साको भविष्यको रूपमा रहे पनि खेल समय नपाए पछि दुई खेलाडी क्लबमा खुसी नरहेको र नियमित खेल समयको लागि दुई गोलकिपरले पनि क्लब छोड्न सक्ने रिपोर्ट रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ