एजेन्सी । बार्सिलोनाले ला लिगा अन्तर्गतका खेलमा सेभियाविरुद्ध १-१ गोलको बराबरी खेल्यो । सेभियाका लागि पापु गोमेजले गोल गर्दै सुरुआती अग्रता दिलाए ।
उनले राकिटिचले फ्रि-किकबाट मिलाईदिएको पासमा गोल गरेका थिए ।
सेभियाले अग्रता धेरै बेर जोगाउन सकेनन् । बार्सिलोनाले पहिलो हाफ सकिन लाग्दा डेम्बेलेको कर्नरबाट आएको बललाई अराजुले हेडर मार्फत गोल गर्दै १-१ को स्थितीमा ल्याए ।
त्यस्तै, बार्सिलोनाका जर्मन गोलरक्षक मार्क स्टेगनको लागि विशेष खेल रह्यो ।
उनले ३०० औं पटक बार्सिलोनाको पोस्ट सम्हालेका थिए ।
त्येसो त, उनले बार्सिलोनाका लागि ३०० गोल व्योहोर्न पुगेका थिए ।
आठौं सिजन बार्सिलोनाका लागि खेलिरहदा उनले सेभियाविरुद्ध ३०० गोल व्योहोरेको हो ।
स्टेगनले बार्सिलोनाका लागि औसतमा प्रती खेल एक गोल व्योहोरेका छन ।
बार्सिलोनाको इतिहासमा सर्वाधिक खेल खेल्ने किपरको चौथो स्थानमा उक्लिएको छ ।
उनको जारी सिजन बार्सिलोनाका लागि बिर्सिनलायक रहेको छ ।
उनले जारी सिजन २२ गोल मध्ये १९ गोल व्योहोरेका छन । औसतमा प्रती खेल १.२८ गोल रहेको छ ।