स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लुक डि जोङ, जो समर ट्रान्सफर विन्डोमा सेभियाबाट लोनमा बार्सा आएका थिए, उनले क्लब छोड्ने पक्का भएको छ ।
बार्सिलोनाका पुर्व प्रशिक्षक रोनाल्ड कोमनले ट्रान्सफर विन्डोको अन्तिम दिनमा भित्र्याएको खेलाडी डि जोङलाई एन्टोनियो ग्रीजम्यानको प्रतिस्थापनको लागि लोनमा किनेका थिए ।
३१ वर्षिय स्ट्राइकरले बार्सिलोनामा कुनै छप छोड्न सकेन । हालका प्रशिक्षक जाभीको रोजाइमा पर्न नसकेपछि उनलाई ला लिगा कै क्लब काडिजमा लोनमा पठाउने कुरा अघि बढाइएको हो ।
त्यसमाथि बार्सिलोनाले म्यान्चेस्टर सिटीका स्ट्राइकर फेरान टोरेस भित्र्याउने पक्का भएपछि उनलाई बाटो खोली दिएको हो ।
🔄 (LUUK): Cádiz are trying to convince Luuk De Jong by saying that he will have a leading role in a World Cup year.
• The agreement between Barcelona, Sevilla and Cádiz is total. Only the player's final approval is missing.#FCB #Transfers 🇳🇱
Via (🟢): @amartiherrero pic.twitter.com/XeFLAcD5b6
— Barça Buzz (@Barca_Buzz) December 24, 2021
यद्यपि, डि जोङका क्लब सेभिया, अहिले लोनमा रहेको क्लब बार्सिलोना र काडिज, ३ वटै क्लब बिच सहमतिमा भएको जनाइएको छ ।
बार्सिलोनाले डि जोङसंगको १ वर्षिय लोन सम्झौतालाई रद्द गर्दै अरु क्लब जाने बाटो खोली दिएको हो ।