बार्सिलोनाका डिफेन्डर पिएसभीमा अनुबन्धित

स्पेनिस क्लब बार्सिलोनाका अमेरिकन डिफेन्डर सर्जिन्हो डेस्ट डच क्लब पिएसभीमा अनुबन्धित भएको छ ।

गत सिजन एसी मिलानमा लोनमा बिताएका डेस्टले बार्सिलोनामा आफ्नो छाप छोड्न सकेनन् र धेरै मौका पनि पाएनन् र यस सिजनका लागि उनी पिएसभी लोनमा गएका हुन् ।

डच क्लब आयाक्सबाट खेलिसकेका डेस्टलाई इर्डिभिसे लिग नयाँ भने पक्कै पनि हुने छैन ।

उनी नेदरल्याण्ड्समा जन्मे पनि बुवा अमेरिकन मुलको भएको हुनाले युएसबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने गर्छन् ।