ब्राजिलियन क्लब पाल्मिरासका वन्डरकिड एन्ड्रिकलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिड सफल भएको जानकारी छ। इटालियन ट्रान्सफर विज्ञ फाबिर्जियो रोमानोका अनुसार रियल म्याड्रिड र पाल्मिरास बिच मौखिक सहमति भैसकेको र एन्ड्रिकलाई रियलले साइन गर्ने पक्का भएको छ।
Endrick to Real Madrid, here we go! Full verbal agreement in place as reported 2 days ago, it’s now closed 🚨⚪️🇧🇷 #RealMadrid
Real Madrid will pay €60m to Palmeiras plus €12m taxes.
Brazilian gem [2006] will join in July 2024.
Real plan to sign all documents within December. pic.twitter.com/8QYv9r3LvP
— Fabrizio Romano (@FabrizioRomano) December 8, 2022
१६ वर्षीय एन्ड्रिकले पाल्मिरासको पहिलो टोलीसँग ७ खेल मात्र खेलेका छन्, तर उनले आफ्नो शारीरिकता र प्रतिभा देखाउन जारी राखेका छन् जसको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला रियल म्याड्रिडले सबैलाई पछि पार्दै उक्त वन्डरकिडलाई साइन गरेको छ।
एन्ड्रिकको लागि रियल म्याड्रिडले €६० मिलियन ट्रान्सफर सुल्क र €१२ मिलियन कर तिर्ने जानकारी छ भने रियल सँग उनको सम्झौता २०२४ सम्म हुने छ। हाल सम्म मौखिक सहमति मात्र भए पनि यो डिसेम्बर दुई बिच आधिकारिक कागजी कार्य पनि पूरा हुने रोमानोले जनाएका छन्।
HERE WE GO! @endrickii ➡️ @realmadrid ⚪️ (@FabrizioRomano) pic.twitter.com/EL02Z2AMSI
— 433 (@433) December 8, 2022
उनि माथि बार्सा, चेल्सी, पिएसजीले पनि निगरानी राख्दै आएको थियो तर रियल म्याड्रिड उनलाई भित्राउन सफल भएको छ। १६ वर्षीय सेन्टर फोवार्डको खेल निकै राम्रो रहेको छ भने उनी माथि निगरानी राख्न र उनी सँग वार्ता गर्न रियल म्याड्रिडले आफ्नो कोचलाई ब्राजिल पनि पठाएको थियो।
एन्ड्रिकले हाल सम्म पाल्मिरासको सिनियर टिममा मात्र ७ खेल खेलका छन् तर उनले पाएको ७ खेलको अवसरमा ३ गोल गरिसकेका छन्। उनले ब्राजिलको यु१७ राष्ट्रिय टिममा पनि खेलेका छन् भने उनले यु१७ राष्ट्रिय टिमको लागि ४ खेलमा ५ गोल गरेका छन्।