बार्साले जाभीलाई बर्खास्त गर्न सक्ने

बार्सिलोनाका प्रबन्धक जाभीले आफ्नो नेतृत्वमा महँगो ट्रान्सफर विन्डो बाबजुद यो सिजन ट्रफी नजिते बार्साले आफूलाई बर्खास्त गरी नयाँ प्रशिक्षक नियुक्त गर्ने दाबी गरेका छन्।

बार्सामा जाभीले १५० मिलियन युरो खर्च गर्दै रोबर्ट लेवान्डोस्की, जुल्स कौंडे, राफिनहा, एन्ड्रियास क्रिस्टेनसेन र फ्रान्क केसी जस्ता खेलाडी साइन गरेका थिए तर बार्सा एल क्लासिकोमा रियल सँग पराजित भएको छ भने च्याम्पियन्स लिगबाट पनि ग्रुप स्टेजमै नकआउट हुने क्रममा रहेको छ।

“क्लब र हामीसँग भएको टोलीले गरेको प्रयासको साथ, हामीले ट्रफीको लागि प्रतिस्पर्धा गर्नुपर्नेछ,” जाभीले भिल्लारियल सँगको भिडन्त अघि आफ्नो पत्रकार सम्मेलनमा भने।

“र यदि हामीले जितेनौँ भने, क्लब अध्यक्षले भनेजस्तै, मबाट सुरु गरेर परिणामहरू हुनेछन्।

“यदि हामीले जितेनौँ भने अर्को प्रशिक्षक आउनेछन्। तर बार्सालाई उपाधि दिलाउन भनेर म सबै कुरा दिनेछु।”

जाभी माथि हाल धेरै दबाब रहेको छ भने यो सिजन उपाधि नजिते आफू बर्खास्त हुन सक्ने पनि जाभीले स्वीकार गर्दै एक पत्रकार सम्मेलनमा बोलेका छन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ