बार्सालाई पछि पार्दै स्टार डिफेन्डर साइन गर्ने प्रयासमा रियल म्याड्रिड 

ला लिगा क्लब रियल म्याड्रिड, बायर्न म्युनिखका स्टार राइट-ब्याक बेन्जामिन पावार्डलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

२६ वर्षीय फ्रेन्च राइट ब्याकलाई साइन गर्न बार्सिलोना पनि धेरै इच्छुक रहेको छ तर हाल खबर अनुसार बार्साको चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड पनि उक्त दौडमा सामेल हुने दाउमा रहेको छ र बार्सालाई पछि पार्दै उक्त स्टार डिफेन्डर साइन गर्ने प्रयासमा रियल म्याड्रिड हुने छ।

रियल म्याड्रिड हाल नयाँ राइट ब्याक साइन गर्ने योजनामा रहेको छ र ३१ वर्षीय ड्यानी कार्भाहालको दीर्घकालीन प्रतिस्थापनको खोजीमा रहेको बार्साको नजर बायर्न म्युनिखका स्टार राइट-ब्याक बेन्जामिन पावार्डमा हुने रिपोर्ट छ।

उनलाई रियल म्याड्रिडले हालको ट्रान्सफर विन्डोमा साइन नगरे पनि यो वर्षको जुनको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिडले प्रयास गर्न सक्ने रिपोर्ट छ भने बार्साले पनि उनी माथि आफ्नो निगरानी राख्दै आएको छ।

जर्मन क्लब बायर्नको लागि १४० खेल खेलेका फ्रेन्च राइट ब्याकले क्लब सँग १ च्याम्पियन्स लिग सहित ३ जर्मन लिग उपाधि र अन्य धेरै ट्रफीहरु जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ