बार्साका डेम्बेले पिएसजी जान सहमत

स्पेनिस क्लब बार्सिलोनाका स्टार ओसमान डेम्बेलेले क्लब छोड्ने भएका छन् ।

रिपोर्टका अनुसार डेम्बेले पिएसजी आउन सहमत भएका हुन् । उनले पिएसजीसँग पाँच बर्षको सम्झौता गर्न सहमत भएको बताइएको छ । पिएसजीले डेम्बेलेको औपचारिक प्रस्ताव बार्सिलोनालाई पठाएको बताइएको छ ।

जुलाई ३१ अर्थात आज यो सम्झौता भएमा पिएसजीले डेम्बेलेको रिलिज क्लब ५० मिलियन युरोमै किन्न सक्ने छ भने आज सम्झौता नभएमा अगस्त १ देखि भने रिलिज क्लब १०० मिलियन युरो हुने छ ।

त्यस्तै पिएसजीले डेम्बेलेलाई बार्षिक १७ मिलियन युरो पारिश्रमिक दिने अफर गरेको छ भने त्यस बाहेक यो सम्झौता सफल भएमा साइनिंग बोनस समेत दिने बताइएको छ । एम्बाप्पेले क्लब छोड्ने निश्चित भएपछि पिएसजीले आफ्नो टिम बलियो बनाउन डेम्बेलेलाई भित्र्याउन चाहेको छ ।