बार्यन म्युनिकले गर्यो गोलको वर्षा

बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा फराकिलो जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा जिनाब्रीको ह्याट्रिक र लेवाण्डोस्कीले दुई गोलमा भ्रमणकारी टोली बायर्नले भीएफबी स्टुटगार्डलाई ५-० अन्तरले पराजित गर्यो ।

स्टुटगार्डको घरेलु मैदान मार्काडेज बेन्च एरिनामा भएको खेलमा ४०औँ मिनेटमा जिनाब्रीले सुरुआती अग्रता बनाए ।

५३औँ मिनेटमा जिनाब्रीले दोहोरो अग्रता दिलाए ।

६९औँ मिनेटमा लेवाण्डोस्कीले व्यक्तिगत पहिलो गोल गरे भने ७२ औँ मिनेटमा लेवाण्डोस्कीले दोहोरो तथा टोलीको लागि ४–० को अन्तर बनाए ।

खेलको ७४ मिनेटमा जिनाब्रीले ह्याट्रिक तथा टोलीको लागि पाँँचौं गोल गरे ।

जितसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । बायर्नकाे १६ खेलमा ४० अंक छ । एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको डर्टमण्डसँग ३१ अंक छ । पराजित स्टुटगार्ड भने समान खेलबाट १७ अंक बनाउँदा १५औँ स्थानमा छ ।