टोनी क्रुसले घोषणा गरेको छ कि उनि रियल म्याड्रिडको साथ आफ्नो करारको अन्त्य सम्म रहन चाहन्छन्।
अनुभवी मिडफिल्डरको सम्झौता २०२३सम्म रहेको छ।
र उनले घोषणा गरे: “म यहाँ ती तीन बर्षको लागि बस्ने छु, त्यो समय म ३३ बर्षको हुनेछु र मैले आफ्नो भविष्यकोबारे सोच्नको लागि यो राम्रो समय हुनेछ।
“समग्रमा, म अरु कतै जाँदैछु भनेर कल्पना गर्न सक्दिन।
“सायद मेरो सम्झौता अझै एक बर्षको लागि नवीकरण गर्न सकिन्छ, किनकि मेरो प्रदर्शन अझै राम्रो छ र म संग पनि प्रेरणा छ, मैले कल्पना गर्न नसक्ने कुरा भनेको ३३ वर्षको उमेरमा इंग्ल्याण्डमा जाने हो, जहाँ धेरै शारीरिक फुटबल हुने गर्छ।
क्रुसले, यूरोस्पोर्टसँग बोल्दै, पूर्व क्लब बायर्न म्युनिख बारे पनि बोले।
“म्युनिकमा मलाई यस्तो लाग्यो कि म धेरै अन्तर्राष्ट्रिय हुँ। धेरैले सोचे कि म म्याड्रिडमा असफल हुनेछु।
“बायर्न म्युनिखमा कोही-कोही दु: खी हुन सक्छन कि तिनीहरूले मलाई क्लब छोडेर जान दिए।”