बायर्न म्युनिखको जित; शीर्ष स्थानमा ४ अंकको अग्रता

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा बायर्नले म्युनियन बर्लीनलाई २-० गोल अन्तरले हराएको हो ।

बर्लीनको मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले एक एक गोल गरे ।

बर्लीनविरुद्ध वायर्नले १८ औं मिनेटमा गोल गरेको थियो । तर, थोमस मुलरको गोललाई रेफ्रीले भीएआरको सहायताले अफसाइड दिएका थिए ।

त्यसपछि खेलको ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

पहिलो हाफमा झिनो अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ८१ औं मिनेटमा पाभर्डले हेडमार्फत गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।

जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
बायर्नको २६ खेलबाट ५८ अंक रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ ।

पराजित बर्लीन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।