बायर्न म्युनिखका स्टार साइन गर्न इच्छुक रियल म्याड्रिड

डेभिड अलाबाले क्लब छोड्ने खबर आउँदा रियल र चेल्सी जस्तो क्लबले उनलाई साइन गर्न चासो देखाएको छ।

लेफ्ट विङ्ग ब्याकले क्लब छोड्ने भने पछि चेल्सी, बार्सिलोना र रियल म्याड्रिड संग उनको नाम जोडिएको थियो।

अस्ट्रियन स्टार, मात्र २७ वर्षका हुन् र उनि नयाँ चुनौतीको खोजीमा रहेका उनले स्वीकार गरेपछि क्लबमा १२ वर्षको कार्यकाल अन्त्य हुन सक्ने खबर छ।

जर्मन क्लबले उनको विकल्पको रुपमा अल्फोन्सो डेभिसलाई साइन गरेका छन् भने , डेभिड अलाबाको लागि बायर्न म्युनिखले £६० मिलियनको माग राख्ने खबर छ।

अलाबाले यस सिजन बायर्न म्युनिखको लागि सबै प्रतियोगितामा २८ पटक खेलेका छन्, तर डेभिस उनको ठाउ अल्फोन्सो डेभिस लिएको देख्न सकिन्छ र उनको प्रदर्शन पनि राम्रो रहेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ