बायर्नले गर्यो गोलको वर्षा, सबै फरकफरक गोलकर्ता

जर्मन लिग बुन्डेसलिगा अन्तर्गत सनिबार भएको खेलमा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

बायर्नको घरेलु मैदानमा भएको खेलमा मेन्जलाई ६-२ गोल अन्तरले जितेको हो ।

६ गोल गरेको बायर्नबाट सबै गोल फरकफरक खेलाडीले गरेका हुन् ।

खेलको छैठौं मिनेटमा जिन्याब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । मुसियालाले २८ औं मिनेटमा गोल गर्दै २-० बनाए । ४३ औं मिनेटमा मानेले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा विड्मरले गोल गर्दै मेन्जका लागि सान्त्वना गोल गर्दै ३-१ बनाए ।

५८ औं मिनेटमा गोरेट्ज्काले गोल गर्दै बायर्नलाई ४-१ को अग्रता दिलाए । टेलले ७९ औं मिनेटमा गोल गर्दै ५-१ बनाए ।

८२ औं मिनेटमा मार्कसले मेन्जका लागि सान्त्वना गोल गर्दै ५-२ बनाए । ८६ औं मिनेटमा चोउपो-मोटिङले गोल गर्दै बायर्नलाई ६-२ को सान्दार जित दिलाए ।

जितसंगै बायर्न शीर्ष स्थानमा रहेको छ भने मेन्ज आठौं स्थानमा रहेको छ ।