“बलोन डि’ओर जित्न एम्बाप्पेले पिएसजी छोड्न पर्छ”

फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले आफ्नो सपना बलोन डि’ओर जित्ने रहेको भनेर धेरै समय देखि स्पष्ट रूपमा भन्दै आएका छन् र एम्बाप्पेले आफ्नो सपना पुरा गर्न हालको क्लब पिएसजी छोड्न पर्ने पूर्व पिएसजी कोच मौरिसियो पोचेटिनोको विश्वास रहेको छ।

एम्बाप्पे पिएसजी छोडेर रियल म्याड्रिडमा जान धेरै नजिक रहेका थिए तर अन्तिम समयमा उनले क्लब सँग सम्झौता विस्तार गर्दै पिएसजीमा रहने निर्णय लिए भने उक्त निर्णय पिएसजीको लागि राम्रो रहे पनि एम्बाप्पेको व्यक्तिगत विकासको लागि नराम्रो रहेको पोचेटिनोको दाबी छ।

“एम्बप्पे माथिल्लो बाटोमा jछन्, र आउँदो समय हामीले उनको अझ राम्रो कीर्तिमान र रेकर्डहरू देख्ने छौ।- पूर्व पिएसजी कोच मौरिसियो पोचेटिनोले एक अन्तर्वार्तामा बोल्दै भने।

“विकास प्रायः आफ्नो ‘कम्फर्ट जोन’ छोडेर हुन्छ। क्लब सँग सम्झौता विस्तार गर्नु पिएसजी र फ्यानहरूको लागि राम्रो हो। तर एमबाप्पेले भविष्यमा विचार गर्नुपर्ने हुने छ कि आफ्नो ‘कम्फर्ट जोन’ छाड्दा मात्र उनी बलोन डि’ओरको लागि लड्न नजिक पुग्ने छन् भनेर।

पोचेटिनोले एम्बाप्पे अझै अपरिपक्व रहेको पनि बताए र उनलाई उनको टिम-मेट साथी लियोनल मेस्सी र नेयमारसँग तुलना गरे।

“एमबाप्पे [मेस्सी र नेमार] भन्दा कान्छो छन् र अझै अपरिपक्व छन्। उहाँ एक उत्कृष्ट खेलाडी हुन्, उहाँसँग ठुलो करिश्मा छ तर अझै पनि आफूलाई खोज्न आवश्यक छ। लियो र नेमार पूर्ण खेलाडी हुन्, तिनीहरू फरक तरिकामा भए पनि बढी जिम्मेवार छन्।”

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ