“बलोन डि’ओर अब मेरो लागि महत्त्वपूर्ण छैन”- मेस्सी

२०२२को फिफा विश्वकप विजेता लिओनेल मेस्सीले यस वर्ष पनि बलोन डि’ओर जित्ने राम्रो सम्भावना रहेको बेला उक्त व्यक्तिगत अवार्ड अब आफ्नो लागि महत्त्वपूर्ण नरहेको मेस्सीले दाबी गरेका छन्।

७ पटक बलोन डि’ओर जितेका मेस्सी हाल अर्जेन्टिना राष्ट्रिय टिमको साथ चाइनामा छन् भने त्यहाँको एक रिपोर्टरले उनलाई यो वर्ष आफूले आठौँ बलोन डि’ओर जित्न सक्ने वारे प्रश्न गर्दा मेस्सीले बलोन डि’ओर अब आफ्नो लागि महत्त्वपूर्ण नरहेको जवाफ दिए।

“के बलोन डि’ओर मेरो लागि महत्त्वपूर्ण छ? यो अब मेरो लागि महत्त्वपूर्ण छैन।- मेस्सीले जवाफ दिए।

“मैले सधैँ भनेको छु, व्यक्तिगत पुरस्कारहरू मेरो लागि महत्त्वपूर्ण कुरा होइन, तर सामूहिक पुरस्कारहरू सबैभन्दा महत्त्वपूर्ण छन्। अहिलेको सबैभन्दा महत्त्वपूर्ण पुरस्कार विश्वकप हो, विश्वकप मेरो लागि सबैभन्दा ठुलो पुरस्कार हो।

यो वर्षको बलोन डि’ओको लागि हालान्डले र मेस्सी बीच प्रतिस्पर्धा हुने अनुमान रहेको छ। मेस्सीले २०२२को फिफा विश्वकप, फ्रेन्च लिग र फ्रेन्च सुपर जितेका छन् भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको साथ हालान्डले प्रिमियर लिग, एफ ए कप र हाल च्याम्पियन्स लिग जितेका छन् साथै उनी प्रिमियर लिगमा र च्याम्पियन्स लिगको शीर्ष स्कोरर बनेका छन्।

यो सिजन सिटीले आफ्नो ट्रेबल पुरा गरे सँगै हालान्ड यो वर्षको बलोन डि’ओर जित्ने हकदार रहेको धेरैको विश्वास छ भने हाल सिटीले च्याम्पियन्स लिग जिते पछि हालान्डले बलोन डि’ओर जित्ने सम्भावना पनि बलियो रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ