ब्राजिलका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिए पछि हाल ब्राजिल कोच विहीन रहेको छ र ब्राजिल नयाँ कोचको खोजीमा रहेको बेला फ्रेन्च लेजेन्द जिनेदिन जिदानलाई नयाँ कोच बनाउन ब्राजिल इच्छुक रहेको जानकारी छ।
Zinedine Zidane ‘among candidates being considered for the Brazil job’ https://t.co/ndsd8Ei71X
— MailOnline Sport (@MailSport) December 25, 2022
२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा ब्राजिल क्रोएसिया सँग पेनाल्टीमा हार्दै नक-आउट भए पछि टिटेले आफ्नो पदबाट राजीनामा दिएका थिए भने ब्राजिल हाल नयाँ कोचको उम्मेदवारको सुची तयार बनाउने क्रममा रहेको र सो सुचीमा जिदान पनि रहेको रिपोर्ट छ।
२०२१को मेमा सिजनको अन्त्य पछि जिदानले रियल म्याड्रिड छोड्ने आफ्नो निर्णय सार्वजनिक गरेका थिए भने रियल छोडे पछि हाल सम्म उनी क्लब विहीन रहेका छन् र उनी राष्ट्रिय टिमको प्रबन्धकको रूप फुटबलमा फर्किन इच्छुक रहेको बेला ब्राजिलको नजर उनी माथि रहेको जानकारी छ।
🚨🌕| Coaching the Brazil National Team is an option Zidane would consider. @lequipe #rmalive
— Madrid Zone (@theMadridZone) December 25, 2022
२०/२१ सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि जिदानले क्लब छाड्ने धारणा बनाएका थिए भने शारीरिक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रूपमा उनले उल्लेख गरेका थिए हाल उनी फेरी फुटबलमा फर्किने तयारीमा रहेका छन्।
जिदानले कोचको रूपमा रियल म्याड्रिड सँग २ लिग उपाधि र ३ च्याम्पियन्स लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।