यो वर्षको फिफा विश्वकप साबिकको विजेता फ्रान्सले ग्रुप स्टेजमा दुई जित हासिल गर्दै अर्को चरणको लागि आफ्नो टिकट पक्का गरे सँगै यो विश्वकपमा ‘विनर्स कर्स’बाट बच्न फ्रान्स सफल भएको छ।
France are the first team to book their ticket to the Round of 16 in this years World Cup.
In doing so they have broken the WC Winners Curse, being the first team since Brazil in 2006 to progress out of the group after winning the previous tournament (2002). #FIFAWorldCup pic.twitter.com/zR5K83rxgW
— ESPN Australia & NZ (@ESPNAusNZ) November 27, 2022
‘विनर्स कर्स’ अथवा विजेता श्राप फिफा विश्वकपको एउटा अन्धविश्वास हो जसमा साबिकको विश्वकप विजेता अर्को विश्वकपको ग्रुप स्टेजबाटै नकआउट हुने विश्वास रहेको छ। युरोपका पछिल्ला चार विश्वकप विजेताहरू सबै अर्को विश्वकपमा समूह चरण पार गर्न असफल भएका छन् ।
उक्त ‘विनर्स कर्स’को इतिहास फ्रान्सबाट नै सुरु भएको मान्न सकिन्छ जब २००२को कोरिया जापानको विश्वकपमा १९९८को विश्वकप विजेता फ्रान्स ग्रुपबाटै नकआउट भएको थियो र फ्रान्सले फेरी फेरी पनि यो ‘विनर्स कर्स’को सामना गर्न सक्ने धेरैको विश्वास रहेको बेला डेनमार्क विरुद्ध २-१को जित हासिल गर्दै फ्रान्सले उक्त ‘विनर्स कर्स’ तोडेको छ।
France 2002 🚫
Italy 2010 🚫
Spain 2014 🚫
Germany 2018 🚫The World Cup curse has been broken 🪄
France become the first world champions from Europe to make it to the KO rounds since Germany in 1994! pic.twitter.com/Pf95JIFHNl
— CBS Sports Golazo ⚽️ (@CBSSportsGolazo) November 26, 2022
पछिल्लो पटक २०१४मा विश्वकप जितेको जर्मनी पनि २०१८मा रसियामा भएको विश्वकपमा समूह चरण पार गर्न असफल भएको थियो भने १९३८ पछि पहिलो पटक जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।
२०१०को विजेता स्पेन पनि २०१४को विश्वकपमा समूह चरण पार गर्न असफल भएको थियो र २००६को विजेता इटाली पनि २०१०को विश्वकपमा ग्रुप स्टेजबाटै नकआउट भएको थियो र पछिल्ला चार विश्वकप विजेताहरू सबै अर्को विश्वकपमा समूह चरण पार गर्न असफल भए पछि विश्वकपमा ‘विनर्स कर्स’ रहेको अन्धविश्वास धेरै प्रसिद्ध बनेको छ।
Did the World Cup holders qualify from the group stage?
❌ 2002: 🇫🇷 France
✅ 2006: 🇧🇷 Brazil
❌ 2010: 🇮🇹 Italy
❌ 2014: 🇪🇸 Spain
❌ 2018: 🇩🇪 Germany
✅ 2022: 🇫🇷 FranceLes Bleus have lifted the Champions Curse. 👻
— William Hill (@WilliamHill) November 26, 2022
२००२मा विश्वकप जितेको ब्राजिललाई भने २००६को विश्वकपमा उक्त ‘विनर्स कर्स’ले असर गरेन २००६को विश्वकपमा ब्राजिल क्वार्टर-फाइनलमा नकआउट भएको थियो जसको कारण ‘विनर्स कर्स’ले युरोपियन टिमलाई मात्र असर गर्ने धेरैको विश्वास रहेको थियो।
हाल फ्रान्स ग्रुप एसको शीर्ष स्थानमा रहेको र फ्रान्स अर्को चरणमा पुग्ने पक्का भए सँगै फ्रान्सबाट सुरु भएको विश्वकपको ‘विनर्स कर्स’को अन्त्य फ्रान्सले नै गरेको छ।