फोडेनको दुई गोलमा सिटिको सहज जित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे ।

ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए ।

खेलको १३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

खेलको ३१ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा ब्राइटनका माकले पेनाल्टीबाट एक गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।

यस जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।

ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।