फुटबलबाट सन्यास लिएका बेल गल्फ प्रतियोगितामा डेब्यू गर्दै

पूर्व रियल म्याड्रिड स्टार ग्यारेथ बेलले व्यावसायिक फुटबलबाट संन्यास लिएको दुई सातापछि नै गल्फ प्रतियोगितामा आफ्नो डेब्यू गर्ने भएका छन्।

ग्यारेथ बेलले पीजीए टुर इभेन्ट गल्फ प्रतियोगितामा आफ्नो सहभागिताको घोषणा गर्दै व्यावसायिक गल्फमा उनले डेब्यु गर्ने पुष्टि गरेका छन् ।

अर्को महिना हुने एटि& टि पेबेल बीच प्रो एममा आफ्नो संलग्नता पुष्टि गर्दै पाँच पटकको च्याम्पियन्स लिग विजेताले सोमबार साँझ इन्स्टाग्राममा प्रशंसकहरूलाई चकित पारे। पेबल बिच, क्यालिफोर्नियामा आयोजित हुने, चार दिने गल्फ प्रतियोगितामा $९ मिलियनको पुरस्कार राशि रहेको छ।

२०२३को सुरुमा पूर्व रियल म्याड्रिड स्टार ग्यारेथ बेल क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोसना गरेका थिए। उनी एक गल्फ प्रेमी रहेका थिए जसको कारण उनको धेरै ट्रोल पनि हुने गरेको थियो तर उनले अब गल्फ प्रतियोगितामा आफ्नो डेब्यू गर्ने भएका छन्।

रियल म्याड्रिड सँग उनले २५८ खेल खेल्दै १०६ गोल र ६७ असित गर्दै पाँच पटकको च्याम्पियन्स लिग र ३ पटक लिग उपाधि जितेका छन्। उनले गत वर्षको डिसेम्बेरमा वेल्स सँग विश्वकप पनि खेलेका थिए र उक्त विश्वकप सन् १९५८ पछि वेल्सको पहिलो विश्वकप रहेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ