फिलिप काउटिन्हो प्रिमियर लिगमा फर्किन सक्ने

LIVERPOOL, ENGLAND - SEPTEMBER 13: Liverpool player Phillippe Coutinho in action during the UEFA Champions League group E match between Liverpool FC and Sevilla FC at Anfield on September 13, 2017 in Liverpool, United Kingdom. (Photo by Stu Forster/Getty Images)

बार्सिलोनाका स्टार फिलिप काउटिन्हो प्रिमियर लिगमा फर्किन सक्ने खबर रहेको छ। आउँदो ट्रान्सफर विन्डोमा ला लिगा क्लब बार्साले उनलाई बेच्ने योजना बनाएको छ भने उनलाई साइन गर्न प्रिमियर लिग क्लबहरू इच्छुक रहेको रिपोर्ट छ।

काउटिन्होलाई २०१८ मा १०५ मिलियन पाउन्डमा बार्सिलोनाले लिभरपुलबाट साइन गरेको थियो, जुन इतिहासको तेस्रो महँगो स्थानान्तरण हो।

ब्राजिलियन स्टारले बार्सामा सोचे जस्तो खेल्न सकेका छैनन् भने हाल ट्रान्सफर विन्डो नजिक आउँदै गर्दा उनलाई बार्साले बेच्ने चर्चा रहेको छ र प्रिमियर लिग क्लब एभर्टनको नाम उनि सँग जोडिएको छ। खबर अनुसार काउटिन्होका प्रतिनिधिहरू एभर्टन सँग सम्पर्कमा छन्, लिभरपुलका पूर्व प्रशिक्षक राफा बेनिटेज हाल एभर्टनमा छन् र काउटिन्हो उनलाई उनले राम्रो सँग चिन्छन्।

टोटेनह्याम र आर्सनल जस्तो अन्य प्रिमियर लिग क्लबहरू पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ तर काउटिन्होले कुन क्लब रोज्ने भनेर हाल खुलेको छैन।

 

हाल बार्सा खराब आर्थिक अवस्थामा रहेको छ भने आउँदो ट्रान्सफर विन्डोमा बार्साले आफ्नो ७ खेलाडीहरू बेच्न सक्ने जानकारी हुँदा काउटिन्हो पनि सो सुचीमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ